कोभिडका मृतकको शब ब्यबस्थापनमा जोड


भदौ २०, २०७७, शनिबार | विहान १०:४६ बजे | 15


भक्तपुर । एडभेन्चर ओपन स्काउट  क्र्युको आयोजनामा शनिबार बिहान जिल्ला स्काउट भबन कोभीड १९ महामारीको बिरुद्ध अभियानमा लागि रहेका स्काउट लिडरहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । एडभेन्चर स्काउट ओपन क्र्युका अध्यक्ष मध्यपुर नगरपालिकाका श्रवण श्रेष्ठको सभापतित्वमा भएको बिशेश समारोहमा प्रमुख अतिथि जिल्ला आयुक्त रामगोपाल कर्माचार्यले अबका अभिमुखिकरणमा आफु बचेर अरुलाई बचाउने प्रचारप्रसारमा मात्र सिमित नभएर कोभीडका कारणले दुःखद निधन भएको सब ब्यबस्थापनका लागि समेत सम्बन्धित निकायका प्रशिकहरुबाट प्रशिक्षण लिएर तयारी अबस्थामा रहन स्काउट लिडर सक्षम जिल्लाका पदाधिकारीहरुलाई अनुरोध गर्नुभयो । उक्त समारोहमा जिल्लाका पदाधिकारीहरु क्रमश पबनकुमार बल्ल , अच्युत प्रजापति, पुण्यराम गोठे, शिबकुमार त्वायनाले पनि आआफ्नो बिचार राख्नुभएको थियोे । एडभेन्चर ओपन क्र्युका रोभर लिडर कोरोना हिरो राजेश गाईजुले कार्यक्रम संयोजन गर्नुभएको थियोे । कार्यक्रममा १२ जना रोभर स्काउटहरुको सहभागीता थियोे ।


Comments