भक्तपुरको घलाटे“ र चुनदेवीमा बजार अनुगमन


फाल्गुन ३०, २०७९, मङ्गलबार | विहान ०९:२३ बजे | 90


भक्तपुरको घलाटे“ र चुनदेवीमा बजार अनुगमन

भक्तपुर, ३० फागुण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा घलाटे“ र चुनदेवीमा २५ वटा पसल अनुगमन गर्दा पसल बाहिर बाटो र पेटीमा बेचविखनको लागि राखेको सामानहरु र मोटरसाईकल लगायतको सवारी साधन हटाउन निर्देशन नहटाएको मोटरसाइकल जफत गरी ल्याएको संयोजक गोराले बताउनु भयो । 
अनुगमनमा ब्रदर्श रिकन्डिसन हबलाई बाटो र पेटीमा बिक्रिको लागि राखिएको मोटर साईकल नराख्न पटक पटक निर्देशन दि“दा समेत अटेर भएकोले प्र. ३ – ०२ – ०१२ प ५५७० को मोटरसाइकल जफत गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । त्यस्तै अमरबत्ति इन्टरप्राईजेज प्रा.लि., ख्वप हार्डवेयर प्रा.लि., खोटाड्ड खाजा घर, युनिस्टल ट्रेडर्स, बागमति आर्टस्,  तीन दिन भित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । आर.बि. निर्माण सप्लार्यस्, एभरेष्ट अटोटेक एण्ड सप्लायर्स, ह्वाक्सीड्ड फर्निचर(डेकोर) प्रा.लि. नविकरण भएको नदेखिएकोले नविकरण गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । कृष्ण किराना पसलमा जम्बो स्प्राइट ३ वटाम म्याद नाघेको नष्ट गर्न निर्देशन दियो । श्रीलाल कोसवारको ग्रील पसल तथा वर्कशप, रिचा भुसालको किराना पसल, सुस्मिता श्रेष्ठको साधारण जलपान पसल त्यही“ दर्ता गराएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । 
अनुगमनमा वडाध्यक्ष श्यामकृष्ण खत्री, वडासदस्य रिता फसिकवा,भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक विनोद सुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासु, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठको सहभागी थियो ।


Comments