गोल्मढीका राधेश्याम मचामसीलाई विदेशमा स्वर्ण पदक
फाल्गुन ३०, २०७९, मङ्गलबार | विहान ०६:१२ बजे | 0
काठमाडौँ । नेपालका फडेराले इङ्ल्याण्डका खेलाडीलाई हराउँदै नेपालले पिकलबलमा स्वर्ण पदक जितेको छ।पिकलबल एशोसिएसन नेपालको आयोजना, भानुभक्त आल्मुनी एशोसिएसनको सहकार्य तथा रियो नेपालको सहयोगमा नेपालमा पहिलो अन्तर्राष्ट्रिय स्तरको पिकलबल आयोजना काठमाडौँको बौद्धस्थित स्नोल्याण्ड स्पोर्ट्स एकेडेमीमा सम्पन्न भएको थियो ।
गर्ल्स डबल्समा नेपालका प्रजुना अधिकारी र स्वस्तिका महर्जन तृतीय भएका थिए भने मिक्स डबल्समा नेपालका किरण खनाल र प्रजुना अधिकारीले सिल्भर मेडल जितेका छन्।
टुर्नामेन्टमा रियो नेपाल, एनसिसिएस स्कुल र अरुण चौधरी फाउन्डेसनले स्पोन्सर गरेको थियो। सहयोगी र सहभागीहरुलाई पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए। पछिल्लो समय विश्वब्यापी रुपमा अत्यन्तै लोकप्रिय बनेको खेल नेपालमा पनि लोकप्रिय बन्दै गएको छ।