यस्तो देखियो भक्तपुरको सल्लाघारी र चुनदेवी बजार
फाल्गुन २९, २०७९, सोमबार | दिउँसो ०१:१९ बजे | 25
भक्तपुर, २९ फागुण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारी र चुनदेवीमा २० वटा पसल अनुगमन गर्दा नगरपालिकामा दर्ता विना धेरै पसल संचालन गरेको बताउनु भयो ।
अनुगमनमा परिकार खाजा घर, टप गीयर इन्टरप्राइजेज्, मिठू लामाको चिया पसल, दर्ता बिना संचालन गरेको पाइएकोले तीन दिन भित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । हनुमान फर्मेसी तीन दिन भित्र दर्ता गर्न र औषाधि पसलमा औषाधि व्यवस्था विभागको अनुमति पत्र प्राप्त वा फर्मेसिष्टले मात्र औषाधि विक्रि वितरण गर्नुपर्ने निर्देशन दियो । रिचा किरान पसल तीन दिन भित्र दर्ता गर्न म्याद नाघेको सामानहरु जम्बो स्प्राइट ३ वटा र २०० मिलिको ३ वटा, जम्बो फाण्टा २ वटा, मुना चियापति १०० ग्रामको ४ पाकेट र २०० ग्रामको १ पाकेट, कुञ्ज चियापति २५ ग्रामको १२ पाकेट जफत गरी नष्ट गरियो भने साइनबोर्ड राख्न, मुल्य सुचि राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो । ग्लोबर बेकरी नगरपालिकामा बिना दर्ता २०७७ सालदेखि पानमा मात्र दर्ता गरी संचालन गरेको पाइएकोले तीन दिन भित्र दर्ता गर्न र मुल्य सुचि राख्न निर्देशन दियो । बिक्की हार्डवेयर पसल नविकरण गर्न र डिजिटल तराजु चेकजा“च गर्दा ढक भन्दा बढी तौल देखाएकोले तराजू १ थान जफत गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । सेती देवि सप्लायर्स पसल नविकरण गर्ने, म्याद नघेको सामानहरु फाण्टा ५०० मिलिको ५ वटा, सार्थक गोल्ड ध्यू ५०० मिलिको २ वटा, कर्न फ्लेक्स ६ पाकेट जफत गरी नष्ट गरियो भने तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा वडाध्यक्ष श्यामकृष्ण खत्री, वडासदस्य रिता फसिकवा, ज्ञानबहादुर मानन्धर, सूर्य प्रसाद श्रेष्ठ, गंगालक्ष्मी बमनु, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जु, जिल्ला प्रशासन कार्यालयमा यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक नजरमान घलान, प्रहरी हवल्दार महावीर कसेरा, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका राजु त्वानाबासु, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठको सहभागी थियो ।