लोकेश्वर साकोसमा मोबाइल बैकिड्ड तालिम सम्पन्न


फाल्गुन २८, २०७९, आइतबार | दिउँसो १२:१६ बजे | 30


लोकेश्वर साकोसमा मोबाइल बैकिड्ड तालिम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उपसमितिको आयोजनामा नया“ संस्करणको माबाइल बैकिड्ड संचालन सम्बन्धी तालिम सम्पन्न भयो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले संस्थाको बर्तमान अवस्था र विगतको आवस्थाको बारेमा प्र्रस्त्याउ“दै अहिलेको सदस्यहरुको माग र आवश्यकता अनुसार मोबाइल बैकिड्ड सेवालाई आधुनिक सुविधा सहित प्रविधिमैत्रि बनाउदै गएको जानकारी दिनुभयो । नया“ संस्करणको मोबाइल बैकिड्डमार्फत सदस्यहरुले मोबाइलबाट सजिलै घरमै बसि बचत गर्ने, बैकिड्ड कारोबार, खाता सम्बन्धी जानकारी लिन सकिने र अन्य धेरै सुविधाहरु संचालन गर्न सकिने भएकोले सबै सदस्यहरुले यो सुविधा लिनु पर्ने कुरामा जोडदिनु भयो ।
 एम बैंक टेक्नोलोजि प्रा.लि.का प्रशिक्षक रोशन कुमार महतोबाट सदस्यहरुलाई मोबाइल बैकिड्ड सम्बन्धी सम्पूर्ण सुविधा प्रयोग गर्ने तरिका विस्तृत रुपमा प्रस्तुतिबाट तालिम प्रदाण गर्नुभएको थियो । उहा“ले  यस सुविधा देशै भरीका धेरै बटा संस्थाहरुमा प्रयोगमा रहेको र यसबाट सदस्यहरुले कारोबार गर्दा सुरक्षित र प्रभावकारी रहने कुरा राख्नु भएको थियो । शिक्षा तथा बचत उपसमितिका संयोजक कृष्णराम तुकंबन्जारको संयोजकत्वमा भएको उक्त कार्यक्रममा ५० जना सदस्यहरुको सहभागीता रहेको थियो । तालिममा सहभागी सदस्यहरुले तालिम अत्यन्त प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए भने कार्यक्रमा शिक्षा तथा बचत उपसमितिका सदस्य सूर्यनारायण फा“जु र संस्थाका प्रबन्धक प्रशान्त मानन्धर लगाएतले पनि बोल्नुभएको थियो । 

Comments