भक्तपुरमा थप ३६ जना कोरोना संक्रमित
भदौ १९, २०७७, शुक्रबार | विहान ११:०२ बजे | 35
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३८६, भक्तपुरमा ३६, ललितपुरमा ३२ जनामा थप संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक बिफ्रिङमा पुष्टि गरेअनुसार काठमाडौं उपत्यकामा ४५४ जनासहित देशभर १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घन्टामा १ हजार ३ सय ५७ जना कोरोना मुक्त भएका छन् । यो सँगै संक्रमण मुक्त हुने संख्या २५ हजार ५ सय ६३ पुगेका छन् ।