समदर्शीमा दिपावली तथा चियापान कार्यक्रम


फाल्गुन १७, २०७९, बुधबार | विहान ०४:३६ बजे | 5


समदर्शीमा दिपावली तथा चियापान कार्यक्रम

भक्तपुर
यस समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को २१ औं स्थापना दिवस (फागुन १६)को अवसरमा संस्थाको गोल्मढी सेवाकेन्द्र तथा महेश्वरीस्थित संस्थाको भवनमा दिपावली गरि चियापान कार्यक्रम सम्पन्न भयो ।
महेश्वरीस्थित संस्थाको भवनमा भएको चियापान कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिराम लवजूले अहिले अस्वस्थ प्रतिस्पर्धा र सञ्चालकहरुको बदमासीका कारण सहकारीहरु दुवेको घटनाहरु समाचारमा आईरहेका बताउनुभयो । यस्तो आर्थिक मन्दिको अवस्थामा सर्वसाधारणलाई आफ्नो बचत दुब्ने चिन्ता पर्नु स्वाभाविक रहेको र समदर्शी आर्थिक रुपमा सक्षम रहेको औल्याउनुभयो । 
संस्थाका सञ्चालक समिति अध्यक्ष रामकृष्ण मानन्धरले संस्था २१ औं बर्षमा प्रवेश गरेकोमा सवैलाई बढाई तथा शुभकामना ब्यक्त गदैं सहकारीलाई अझ प्रगति उन्मुख बनाई अगाडी बढाउन सबैको साथ र सहयोग मिल्ने आशा ब्यक्त गर्नुभयो  । त्यस्तै संस्थाका सल्लाहकार समितिका संयोजक विश्वमोहन जोशीले शुभकामना ब्यक्त गर्दै अहिलेको यो मन्दीको अवस्थामा हाम्रो संस्थाले पनि देशलाई आर्थिक रुपले  सक्षम बनाउदै लान थोरै भएपनि हाम्रो संस्थाबाट मद्धत मिल्ने विस्वास ब्यक्त गर्नुुभयो । संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णराम दुवालले संस्था २१ औं स्थापना दिवसको अवसरमा शुभकामना तथा बढाई ब्यक्त गर्नुभयो । 
संस्थाका सञ्चालक समिति अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सचिव विश्वबहादुर दुवालले स्वागत गर्दै शुभकामना ब्यक्त गर्नुभएको थियो भने सञ्चालक समिति सदस्य कृष्णगोपाल लागेजूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

Comments