भक्तपुरमा थप ४२ जना कोरोना संक्रमति
भदौ १८, २०७७, बिहीबार | विहान १०:५७ बजे | 0
काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ। बिहिबार देशभर १८ हजार ४ सय १३ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार ७ सय ४२ जना रहेका छन् ।
२४ घन्टामा देशभर १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज गत २४ घन्टामा ९ सय १७ जना कोरोना मुक्त भएको बताए । यो सँगै संक्रमण मुक्त हुने संख्या २४ हजार २ सय ७ पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४२ हजार ८ सय ७७ पुगेको बताए ।