हिलिङ होम एफसीले जित्यो भक्तपुर कप फुटबल


फाल्गुन १३, २०७९, शनिबार | विहान ११:५६ बजे | 5


हिलिङ होम एफसीले जित्यो भक्तपुर कप फुटबल

भक्तपुर । भक्तपुरमा भएको दोस्रो भक्तपुर कप–२०७९ फुटबलको फाइनल खेल हिलिङ होम एफसीले जितेको छ । हिलिङ होम एफसी र केदारनाथ सुटर्सबीच शनिबार भएको फाइनल खेलमा ५—४ गोलले हिलिङ होम एफसी विजयी भएको थियो । 

प्रतियोगिता निर्धारित समयसम्म दुवै टीमले दुई दुई गोल गरी बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुट आउटमा हिलिङ होम एफसीले विजयी सुनिश्चित गरेको थियो । पेनाल्टी सुट आउटमा हिलिङ होम एफसीले  तीन गोल गर्न सफल भएपछि विजयी आफनो पोल्टामा पार्न सफल भएको थियो ।  

भक्तपुर युवा टीमको आयोजनामा भएको फाइनल खेल निकै रोमाञ्चक रुपमा चलेको थियो । प्रतियोगिताको सुरुवाती गोल विजेता हिलिङ होम एफसीका जर्सी नं ३ का देवराज तामाङले गरेका थिए । खेल सुरु भएको सातौ मिनेटमै गोल देवराजले गोल गरेका थिए । तर जवाफी गोल पराजित केदारनाथ सुटर्सले खेल सुरु भएको ३४ औं मिनेटमा फर्काएका थिए । जर्सी नं १५ का सुदर्शन श्रेष्ठले गोल फकाई खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । खेलको ४३ औ. मिनेटमा विजेता हिलिङ होम एफसीका जर्सी नं ३ कै उही देवराज तामाङले दोश्रो गोल गरी टीमलाई अगाडि वढाउन सफल भएका थिए । तर जवाफी गोल खेलको ६६ औ मिनेटमा पराजित केदारनाथ सुटर्सका जर्सी नं ४ का सतिश सुवालले गरेपछि खेल बराबरीमा टुंगिएको थियो । 

प्रतियोगितामा विजयी हुन सफल हिलिङ होम एफसीले नगद पुरस्कार एक लाख २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाए । दोश्रो भएका केदारनाथ सुटर्सले नगद ६० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । उनीहरु सवैलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंलगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगिताको अनुशाशित टिममा पाण्डुबजार एफसी घोषित भए । उत्कृष्ट खेलाडी भने केदारनाथका सतिश सुवाल घोषित भए । प्रतियोगिताबाट अनुशासित टीम र उत्कृष्ट खेलाडीलाई नगद दश दस हजार र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितका उत्कृष्ट मिडफिल्डर हिलिङ होम एफसीका रोहित गिरी, डिफेण्डर हिलिङ होम एफसीकै बांगल लामा, गोलकिपर हिलिङ होम एफसीकै नविन सिलवाल, कोच हिलिङ होम एफसीकै अभिषेक चौहान र उदयीमान खेलाडी केदारनाथ सुटर्सका सुदर्शन श्रेष्ठलाई नगद पाँचपाँंच हजार र ट्रफी प्रदान गरिएको थियो । 

प्रतियोगिता २०७९ फागुन ५ गते शुक्रबारदेखि सुरू भएको थियो । मित्रता अनुशाशन र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढी विश्वराम कवांको अध्यक्षतामा युवा टीम २०५० सालमा स्थापना भएको थियो । टीमले पहिलो पटक २०७८ फागुन ६ देखि १४ सम्म प्रथम भक्तपुर कप २०७८ गरेको थियो । 



Comments