भक्तपुर कप फुटबलको क्वाटरफाइनल खेल ः आयोजक टिम शानदार विजयी


फाल्गुन ९, २०७९, मङ्गलबार | विहान ११:५४ बजे | 5


भक्तपुर कप फुटबलको क्वाटरफाइनल खेल ः आयोजक टिम शानदार विजयी

फागुन ९, भक्तपुर । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको मङ्गलबार सम्पन्न दुई क्वाटर फाइनल खेलबाट आयोजक भक्तपुर युवा टीम र केदारनाथ सुटर्स सेमीफाइनल चरणमा प्रवेश गर्न सफल भएका छन् ।
मङ्गलबार भएको आयोजक भक्तपुर युवा टीम र सूर्यविनायक नगरपालिकाबीचको पहिलो क्वाटरफाइनल खेलमा भक्तपुर युवा टीमले सूर्यविनायक नगरपालिकालाई ६–० गोलले पराजित गरी सेमीफाइनलको यात्रा तय गरेको हो । खेलबाट भक्तपुर युवा टीमका जर्सी नम्बर ९ का विनय खायमली उदयीमान खेलाडी घोषित भए भने भक्तपुर युवा टीमकै जर्सी नम्बर १७ का विक्रान्त नरसिंह राना उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै मङ्गलबार नै केदारनाथ सुटर्स र हेल्दी फुटसलबीच भएको दोस्रो क्वाटरफाइनल खेलमा केदारनाथ सुटर्सले हेल्दी फुटसललाई १–० ले पराजित गरी सेमीफाइनलको यात्रा तय गरेको छ । खेलबाट केदारनाथ सुटर्सका सनिश श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् भने हेल्दी फुटसलका जिन्लप तामाङ उदयीमान खेलाडी घोषित भएका छन् ।

क्वाटरफाइनलको बाँकी दुई खेल बुधबार खेलाइने छ । जसअनुसार द हिलिङ एफसी र बनेपा ब्वाइजबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल सीओबी युथ क्लब र गोदावरी एफसीबीच हुनेछ । त्यस्तै प्रतियोगिताको सेमिफाइनलका खेलहरू फागुन ११ गते विहीबार खेलाइने जनकारी टीम कमिशनर अनिल सुकुपायोले दिनुभयो ।


Comments