नाटक मेला प्रदेश सांसद सुरेन्द्रराज गोसाईद्वारा उद्घाटन र अवलोकन


फाल्गुन ९, २०७९, मङ्गलबार | विहान ०४:४१ बजे | 20


नाटक मेला प्रदेश सांसद सुरेन्द्रराज गोसाईद्वारा उद्घाटन र अवलोकन

भक्तपुर, फागुन ८ । आस्था सांस्कृतिक परिवार नाट्यकर्मी समाजको संयुक्त आयोजनामा संचालन भएको पाँच दिने नाटक मेलाको सोमबार नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले गर्नुभयो । उद्घानपछि मञ्चन भएको आयोजक समितिको शरणगतको स्वागत नामक नाटकको प्रतिक्रिया दिँदै उहाँले शाह वंशीय साम्राज्यवादी सोचको विरोधबाट पछाडि परेको नाटक सरल रुपमा कलाकारहरुले छोटो समयमा राम्रो उत्कृष्ट नाटक मञ्चन गरेको बताउनुभयो । सोही कार्यक्रममा उहाँले गैर क्षेत्री बाहुन भएर शुद्ध नेपालीमा सबैले बुझ्ने गरी जनताको जनजीवनसँग मेल खाने नाटक, उपन्यास र निबन्ध जस्ता साहित्य लेखनका कारण हृदयचन्द्र सिंह प्रधानलाई सम्झिनु आवश्यक भएको बताउनुभयो । नेमकिपाको ४९ औं स्थापना दिवशको अवसरमा आयोजित मेला आगामी फागुन १२ गते सम्म सात वटा विद्यालयको १/१ गरी सात र आयोजक समितिको ३ वटा नाटक गरेर जम्मा १० वटा नाटक मध्ये हरेक दिन दुई नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।

Comments