क्वाटर फाइनलका खेलहरु मंगलबारबाट


फाल्गुन ८, २०७९, सोमबार | दिउँसो १२:१३ बजे | 0


क्वाटर फाइनलका खेलहरु मंगलबारबाट

भक्तपुर, फागुन ८ । भक्तपुर युवा टीमको आयोजनामा भईरहेको दोश्रो भक्तपुर कप – २०७९ को प्रि-क्वाटर फाइनलका सम्पूर्ण खेलहरु सोमबार सम्पन्न भएको छ।

सोमबार भएको बनेपा ब्वाइज र डार्क सुटर्सबीचको खेलमा बनेपा ब्वाइजले डार्क सुटर्सलाई १०–० गोलले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएको छ। खेलबाट बनेपा ब्वाइजका सहिल केसी उत्कृष्ट खेलाडी घोषणा भएका छन् भने डार्क सुटर्सका मदन खत्री उदयीमान खेलाडी घोषित भए ।

सोमबारनै सम्पन्न गोदावरी एफसी र एफसी र्यालेबीचको दोश्रो खेलमा गोदावरी एफसीले एफसी र्यालेलाई १-० गोलले पराजित गरि क्वाटर फाइनलमा प्रवेश गर्यो। खेलबाट गोदावरी एफसीका रायफी महर्जन उत्कृष्ट खेलाडी घोषणा भएका छन् भने एफसी र्यालेका गोलकिपर सुनिल तामांग उदयीमान खेलाडी घोषित भए ।

प्रतियोगिताका क्वाटर फाइनलका खेलहरु मंगलबारबाट हुनेछ । क्वाटर फाइनलको पहिलो खेल आयोजक भक्तपुर युवा टीम र सुर्यविनायक नगरपालिकाबीच हुनेछ भने दोश्रो खेल हेल्दी फ़ुट्सल र केदारनाथ सुटर्सबीच हुने टीमका अध्यक्ष केशव त्वानाबासुले जानकारी दिए।


Comments