भक्तपुर कप फुटबल सुरु ः कसले मार्ला बाजी ?


फाल्गुन ५, २०७९, शुक्रबार | विहान ०७:११ बजे | 20


भक्तपुर कप फुटबल सुरु ः कसले मार्ला बाजी ?

भक्तपुर कप फुटबल सुरु ः कसले मार्ला बाजी ?
भक्तपुर । भक्तपुर युवा टिम भक्तपुर ७ गोल्मढीको आयोजनामा शुक्रबारदेखि दोश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । 
प्रतियोगिता फागुन ५ गतेदेखि १३ गतेसम्म हुने जनाइएको छ । प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सुरु भएको हो । प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगिताको उदघाटन संघीय साँंसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव प्रेम सुवालले एक समारोहवीच गरे । उदघाटन समारोहमा भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासु, आयोजक टिमका संस्थापक अध्यक्ष विश्वराम कवां, टिमका सल्लाहकार उकेश कवां, महानगरीय प्रहरी बृत जगातीका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ, अखिल नेपाल फुटबल एसोसिएसन एन्फाका उपाध्यक्ष वीरजंग शाह, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखूलगायतले खेलकुदका विभिन्न क्षेत्रबारेमा चर्चा गरे । साथै कार्यक्रममा टिमका सचिव रामेश्वर मचामसी, सदस्य सुरेश कवां, भक्तपुर टक व्यवसायी प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद गोरालगायतले बोल्नुभएको थियो । 
प्रतियोगितामा देशका विभिन्न जिल्लाहरुबाट १६ वटा टिमहरुको सहभागिता रहेको जनाइएको छ । प्रतियोगिताको उदघाटन खेल आयोजक भक्तपुर युवा टिम भक्तपुर र बौद्ध एफसी काठमाडौंबीच सुरु भएको छ । 
अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो । टिमले गतवर्ष २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।



Comments