भक्तपुर कप फुटबल ः उदघाटन फागुन ५ गते शुक्रबार विहान (टाइसिटसहित)


फाल्गुन १, २०७९, सोमबार | दिउँसो १२:२३ बजे | 20


भक्तपुर कप फुटबल ः उदघाटन फागुन ५ गते शुक्रबार विहान (टाइसिटसहित)

भक्तपुर । भक्तपुरमा फागुन ५ गते शुक्रबारबाट हुने दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको उदघाटन खेल आयोजक भक्तपुर युवा टिम भक्तपुर र बौद्ध  एफसी काठमाडौंवीच हुने भएको छ । सोमबार सार्वजनिक टाइसिट सार्वजनिक गरिएको थियो । प्रतियोगिता फागुन ५ गतेदेखि १३ गतेसम्म हुने छ ।
आयोजक भक्तपुर युवा टिमले पहिलो संस्करणको सफलतासँगै प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्ने भएको हो । प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सञ्चालन गरिने छ । प्रतियोगिताको विजेताले  १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ । 
भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगिताको तयारी पूरा भएको जनाए । तयारीको क्रममा अहिले खेल मैदानमा दैनिक पानी भर्ने काम भइरहेको उनले जनाए ।
आयोजक टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले प्रतियोगितालाई सफल बनाउन गत वर्ष जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे । अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो । टिमले गतवर्ष २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगिताको उदघाटन नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले गर्ने छन् । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर कप फुटबल ः उदघाटन फागुन ५ गते शुक्रबार विहान (टाइसिटसहित)

Comments