नेपाल प्रहरी स्कूलले सिद्धिस्मृति भक्तपुर कप जिते
माघ २६, २०७९, बिहीबार | विहान ०४:१८ बजे | 15
नेपाल प्रहरी स्कूलले तेस्रो सिद्धिस्मृति भक्तपुर कप जितेको छ । मनकामना ईग्लिस स्कूल जोरपाटीलाई २ गोल गर्दै नेपाल प्रहरी स्कूलले सिद्धिस्मृति भक्तपुर कप जितेका हुन । खेलको हापपछि लगातार दुई गोल गरी नेपाल प्रहरी स्कूलले जितेपछि पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशमा नेमकिपा सांसद सुरेन्द्रराज गोसाईले खेल विद्यार्थीको अध्ययन, अनुशासन र स्वास्थ्यकालागि अपरिहार्य भएको चर्चा गर्दै विजयी खेलाडीहरुलाई सिल्ड तथा मेडलहरु प्रदान गरेका थिए यसै बीच दोस्रो हुन सफल विद्यार्थीहरुलाई सिद्धिस्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर द्यौभडेलले सिल्ड तथा मेडल प्रदान गर्दै प्रतिष्ठानको उदेश्य अनुसार खेल क्षेत्रमा विद्यार्थीहरुको सहभागिता अभिवृद्धि गरी राम्रो खेलाडी उत्पादन गर्ने कार्यक्रम अनुसार सो प्रतियोगिता आयोजना भएको बताए । विभिन्न १६ वटा विद्यालयका विद्यार्थीहरुको समुहले सभागिता जनाएको सो प्रतियोगितामा उत्कृष्ठ खेलाडीहरुलाई समेत पुरस्कृत गरेका थिए भने पहिलो हुनेलाई २० हजार र दोस्रो हुनेलाई १० हजार नगद पुरस्कार समेत वितरण गरिएको थियो