आज मंगलवार पनि मध्यपुर थिमिमा संक्रमित संख्या बृढि।
भदौ १६, २०७७, मङ्गलबार | दिउँसो १२:५५ बजे | 5
आज मंगलवार पनि मध्यपुर थिमिमा संक्रमित संख्या बृढि।
भक्तपुर । आज भाद्र १६ गते मंगलबार भक्तपुरमा ३० जना कोरोना भाईरस संक्रमित भएको तथ्याङ्क स्वास्थ्य मन्त्रालयबाट पुष्टि गरेको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरले जनाए अनुसार आज पनि मध्यपुर थिमिको नगदेश, सागवारी, कौशल्टार, गठ्ठाघर, कुमाननी, मनोहरा, निलवाराहि वडा नं. ५, ७ लगायतका स्थानमा (११ पुरूषर८ महिला) गरि १९ जना, सुर्यबिनायक नपामा (३ पुरूषर३ महिला) गरि ६ जना, भक्तपुर नगरपालिकामा (२ पुरूषर१ महिला) गरि ३ जना र चागुनारायण नपामा(१पुरूषर१ महिला) गरि २ जना रहेको छ ।