देशभर थप कहाँ कति कोरोना संक्रमित (विवरणसहित)


भदौ १६, २०७७, मङ्गलबार | दिउँसो १२:०२ बजे | 5


काठमाडौँ । थप १ हजार ६९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित रहेका छन् ।
यस्तै रुपन्देहीका ९१ जना, सुनसरीका ५६, चितवनका ४५, बझाङका ४०, बाँकेका ३३, लमजुङका ३२, डोटीका २४, कैलालीका २०, सर्लाहीका १९, नवलपुरका १५, झापाका १४, गुल्मी र अछामका १३–१३ जना, मोरङ र बैतडीका १२र१२ जना तथा धनुषा, दोलखा र धादिङका ११र११ मा संक्रमण पुष्टि भएको छ ।
अर्घाखाँचीका ९ जना, काभ्रे र गोरखाका ८–८ जना, कपिलवस्तुका ७, मकवानपुर र सिन्धुलीका ६–६ जना, रौतहट र तनहुँका ५–५ जना, कास्की, नवलपुर र कञ्चनपुरका ४–४ जना, ओखलढुंगा, खोटाङ, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख र डडेलधुराका २–२ जना तथा उदयपुर, पाँचथर, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, पर्वत, पाल्पा, प्युठान, रुकुम पश्चिम, सल्यान र सुर्खेतका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज ७६८ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २२ हजार १ सय ७८ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ३९ जना पुगेको छ ।








Comments