भक्तपुरमा थप ३० जना कोरोना संक्रमित


भदौ १६, २०७७, मङ्गलबार | विहान ११:१० बजे | 25


काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनाा मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४० हजार ५ सय २९ पुगेको बताउनुभयो ।
मगंलबार १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । डा. गौतमको अनुसार आज देशभर १८ हजार १ सय १२ संक्रिय संक्रमित रहेका छन् ।

Comments