नदी जीवन


2020-09-01 03:17:54

- भक्तलक्ष्मी भासिमा कुसी

घुमिरहेको पृथ्वीको           
परिक्रमण र परिभ्रमणको  
अनवरत गतिशीलताले बोकेर ल्याउँछ 
केही चुनौती केही अवसर
मनुष्य तिमी कति सक्छौ ? 
सहन ?
जुध्न ? 
हतास नभई आशावादी हुन ?
या हात उठाइ पो हाल्छौ कि ? 
या घुँडा टेक्न पो आट्यौ कि ?
तत् क्षण अदृश्य शक्तिमा अदृश्य आवाज ठोकिन्छ 
र बोल्दछ 
होइन यो तिम्रो मानव चोला 
हारेर आफैलाई खुम्च्याउने ।
होइन यो तिम्रो पाइला 
नहिडी थाके म भन्दै लम्पसार पर्ने ।
होइन तिम्रा ती आँखा 
उज्यालो भोलिको नपर्खी अँध्यारै हो जीवन भन्ने ।
समय गतिशिलताको पर्याय 
रुपान्तरणको संगीतको तरङ्गमा 
उक्लिदै र ओर्लिदै
घामछायाँमा अनेकन रङ्ग पोत्दै
बगिरहेछ यात्रामा
अनवरत यात्रामा 
त्यहीँ यात्राको यात्री हामी 
बग्न जाने सरस बन्छ नदीमा बगिरहने कन्चन पानीजस्तो
बग्न नजाने कठिन बन्छ बगरको रुग्ण र रुखो चट्टान जस्तो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *