विद्या सुन्दर शाक्यलाई कोरोना संक्रमित
भदौ १५, २०७७, सोमबार | दिउँसो ०२:२३ बजे | 25
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई कोरोना पुष्टि भएको छ। मेयर शाक्यलाई कोरोनो पुष्टि भएको महनगरका सह–सचिव राजेश्वर ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले घरमै बसिरहेका छन्। उनकी श्रीमतीलाई भने कोरोना देखिएको छैन।