जगाती भीमसेन गुठीद्धारा लसन्ताङ पूजाको आयोजना


माघ १, २०७९, आइतबार | विहान ०३:३३ बजे | 0


जगाती भीमसेन गुठीद्धारा लसन्ताङ पूजाको आयोजना

भक्तपुर । भक्तपुरको जगातीस्थित जगाती भीमसेन गुठीको आयोजनामा लसन्ताङ  पूजा (बहृत भोज) को आयोजना भएको छ । भक्तपुर नगरपालिका वडा नं ५ स्थित भेलुखेलमा भोजको आयोजना गरिएको हो । गुठीका सदस्य १५ परिवारका एक सय ६० जना मानिसहरु भोजमा सहभागी थिए । भोजमा अनिवार्य सहभागिता हुनुपर्ने नियमका कारण विदेश गएका वा अन्य विशेष कारणले अनुपस्थित हुन नसकेकाहरुको पनि गणणा गरिन्छ त्यही अनुसार भोज तयार गरिन्छ । त्यसका लागि प्रतिव्यक्ति पाँंचपाँंच सय रुपैयाँं दामासाहीले राखिएको थियो । सहभागी नभएकाहरुको हकमा भाग अनुसारको भोज घरका परिवारलाई दिएर पठाइन्छ । प्रतिव्यक्ति पाँंचपाँंच सय रकमको खर्चमा अपुग भए बाँंकी अपुग रकम भने गुठीबाट व्यर्होने जनाइएको छ ।  

फाेटाेमा हेर्नुहाेस्...

जगाती भीमसेन गुठीद्धारा लसन्ताङ पूजाको आयोजना

Comments