गुरु गणेश साकोसद्धारा खुल्ला भक्तपुर नरगव्यापी कसिमला पाँय् प्रतियोगिता
पुष २७, २०७९, बुधबार | विहान ११:३२ बजे | 30
भक्तपुर,२७ पुस । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा खुल्ला भक्तपुर नगरव्यापी कसिमला पाँय् प्रतियोगिताको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले रेफ्रि राजेन्द्र प्रजापतिलाई कसिमला पाँय् हस्तान्तण गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले पम्परागत खेल कसिमला पाँय् उत्पत्ति हुन सयौं बर्ष लागेको हुन सक्छ यस्तो खेल लोप हुनबाट बचाउन सहकारीले प्रतियोगिताको आयोजना गर्नु भएकोमा धन्यवाद दिनु भयो । उहाँले यस खेलमा बृद्धदेखि जवानसँगे खेल्ने भएकोले नयाँ पुस्ता र पुरानो पुस्ताबीचको सम्बन्धमा बढेको दूरी कम भई बृद्धबृद्धाहरु प्रति माया र सेवा हुने अपेक्षा गर्नुभयो । उहाँले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति भ.न.पा.को नारालाई टेवा पुयाउने आशा ब्यक्त गर्दै कसिमला पाँय् खेलको प्रवद्र्धन गरेकोमा धन्यवाद दिनु भयो । उहाँले सहकारीको सामाजिक कार्य अन्तर्गत खेलकुद प्रतियोगिताले सदस्यहरुको शारीरिक र मानसिक स्वस्थ्यता भई स्फुर्ति बढ्छ भन्नुभयो । उहाँले यस गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को नारा सदस्यहरुको सामाजिक र धार्मिक स्तर उकासी आदर्श समाज बनाउने नारालाई टेवा पुयाउने साँस्कृतिक स्तर अनुशासित समाज बनाउन सबैले योगदान पुयाउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वा, उपाध्यक्ष श्रीप्रसाद प्रजापति, सचिव सत्यराम ज्ञामरुले बोल्नु भएको कार्यक्रममा युवा तथा खेलकुद उपसमितिका संयोजक सिद्धान्त प्रजापतिको सभापतित्वमा सम्पन्न भयो । प्रतियोगितामा ३७ जना सहभागी हेको थियो भने उमेर ७३ बर्षका लक्ष्मी भक्त दुवालदेखि १४ बर्षका सलिन बोहजूसम्मका सहभागी रहेको थियो ।