किपाःग्राफी भक्तपुरको सातौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
पुष २३, २०७९, शनिबार | दिउँसो ०२:११ बजे | 0
सम्पदा संरक्षणका लागी फोटोग्राफी भन्ने मूल नारालिई भक्तपुर एवं नेपालकै विविध सस्कृति तथा ऐतिहासिक सम्पदाहरु देश र विदेशमा समेत प्रचार प्रसार गर्दै आईरहेको भक्तपुरका युवा फोटोग्राफरहरुको संस्था किपाःग्राफी भक्तपुर सातौ वर्ष पुगेको अवसरमा एक कार्यक्रमका विच सातौ वार्षिकोत्सव कार्यक्रम भक्तपरको भक्तपुर गेष्टहाउसको सभाहलमा सम्पन्न भयो ।उक्त कार्यक्रम फोटोग्राफी विज्ञ श्री शरद राईको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा किपाःग्राफी भक्तपुरका सदस्यहरुले विभिन्न फोटोग्राफी प्रतियोगितामा भाग लिई उत्कृष्ट हुन सफल भएका सदस्यहरुलाई प्रमुख अतिथिबाट सम्मान पत्र प्रदान गरिएको थियो । साथै किपाःग्राफी भक्तपुरबाट आयोजित विविध कार्यक्रमहरुको संयोजक भई कार्यक्रम सफल बनाउनु भएको कार्यक्रम संयोजकहरुलाई पनि संस्थाको तर्पmबाट मायाको चिनो प्रदान गरिएको थियो ।संस्थाका उपाध्यक्ष सुरेन्द्र प्रजापतिले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा भक्तपुर साकोसका अध्यक्ष एवं किपाःग्राफी भक्तपुरका सल्लाहकार बलराम प्रजापति,निमि फाउण्डेसनका अध्यक्ष निराजन तिवारी,संस्थाका पूर्व अध्यक्ष अच्युत प्रजापति,सल्लाहकार एवं संस्थापक अध्यक्ष सुरेशराज शाक्यको आतिथ्यता रहेको थियो ।उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै प्रमुख अतिथिले हालका दिनमा भक्तपुर फोटोग्राफरहरुको शहर जस्तै बनेकोमा खुशी व्यक्त गर्दै अबका दिनमा फोटोग्राफरहरुले रियल फोटोग्राफी र एप्लाइड फोटोग्राफी छुट्याई आफ्नो दक्षताका आधारमा फोटोग्राफीमा लाग्नु पर्ने कुरा बताउनु भयो । अतिथि श्री बलराम प्रजापतिले फोटोग्राफीलाई व्यावसायिक रुपमा लग्न फोटोग्राफरहरुले पारश्रमिकलाई एकरुपता ल्याउनु पर्ने र जनमानसमा सुसोचित हुने खालका फोटोहरु लिई समाज रुपान्तरण गर्न सहयोग गर्नु पर्ने कुरा राख्नु भयो ।त्यसै गरि निमि फाउण्डेसनका अध्यक्ष निराजन तिवारीले संस्था सातौ वर्षमा प्रवेश गरेकोमा शुभकामना दिदै अवका दिनमा भक्तपुरको कला,संस्कृति र यहाँको रहनसहनलाई देशमात्र नभई विदेशमा पनि अक्ष प्रभावकारी रुपमा प्रदर्शनतिर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रमा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका सचिव जयराम प्रजापतिले सभा समक्ष प्रस्तु गर्नु भएका थियो ।कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष पदम सुन्दर शाक्यले गर्नुु भएको र वहाँले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्र समापन गर्नु भएको थियो ।