भक्तपुर नगरपालिकामा २ संक्रमित मृत्यु
भदौ १४, २०७७, आइतबार | विहान ०७:०९ बजे | 30
भक्तपुरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमितको होम आइसोलेशनमै गए राति मृत्यु भएको हो ।
भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।
श्वासप्रश्वासमा समस्या भएपछि भदौ ११ गते पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएका थिए । त्यसपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेशनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेका थिए ।
भक्तपुरमा जम्मा ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेका छन् । भक्तपुर नगरपालिकामा २ जना, सूर्यविनायक नगरपालिकामा ३ जना र मध्यपुर नगरपालिकामा २ जना कोरोना संक्रमितको मृत्यु भएका छन् । चागुनारायण नगरपालिकामा कोरोना संक्रमितबाट मृत्यु भएको छैन् ।
भक्तपुरमा हालसम्म ४ महिला र ३ पुरुष गरी सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।