भक्तपुरका कहाँंकहाँंका हुन शनिबारका कोरोना संक्रमित (विवरणसहित)


भदौ १३, २०७७, शनिबार | दिउँसो १२:०४ बजे | 5


भक्तपुर । शनिबार भक्तपुरमा सवैभन्दा वढी भक्तपुर नगरपालिकामा कोरोना संक्रमित भेटिएका छन । शनिबार कुल १५ जना संक्रमित भेटिएकोमा भक्तपुर नगरपालिका क्षेत्रमा ७ जना भेटिएका छन, जसमा ५ पुरुष र २ महिला रहेका छन । त्यसपछि दोश्रो वढी मध्यपुर थिमि नगरपालिका क्षेत्रमा भेटिएका छन । त्यहाँं भेटिएका कुल ४ जना मध्ये २ जना पुरुष र २ जना महिला रहेका छन । तेश्रो वढी सुर्यविनायक नगरपालिका क्षेत्रमा भेटिएका छन । त्यहाँं ३ जना पुरुष भेटिएका छन । शनिबार चाँंगुनारायण नगरपालिकामा भने भेटिएनन । १५ जनामध्ये बाँंकी १ जनाको भने खोजतलास भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी जनस्वास्थ्य अधिकृत आस्था वल्लले जनाइन ।


Comments