दुईदिने लघु चलचित्र प्रदर्शनी सम्पन्न
पुष १६, २०७९, शनिबार | दिउँसो ०१:५९ बजे | 20
सो चलचित्र प्रदर्शनीमा ह्युमन राइट फिल्म सेन्टरको सहयोगले लिवाली स्थित आस्था थियटरमा मानव अधिकार तथा जलवायु परिवर्तन सम्बन्धी ९ वटा लघु चलचित्र प्रदर्शन भएको थियोे ।
उक्त चलचित्र प्रदर्शनीको पहिलो दिन राइजिङ टेम्प्रचर टु हिमालयस (Rising temperature to himalays), टोटो(ToTo), नेचरल डेट(natural dates) प्रदर्शनी भएका थिए ।
त्यसै दोस्रो दिन आग्रे, सन्तोषी लगायत सुमित्रा शाखकर्मीको प्राइस अफ थर्स्ट (price of thirst) सहित ६ वटा लघु चलचित्रहरु प्रदर्शन भएका थिए ।
यहीँ माघ ५ देखि ७ गतेसम्म हुने स्टुडेन्टस् बुक फेयरको प्रचारार्थ बुक क्लब भक्तपुरले पुष १५ देखि १६ गतेसम्म भएको उक्त चलचित्र प्रदर्शनीमा बंगलादेशी, नेपाली भाषाका लघु चलचित्रहरू प्रदर्शन भएको हो ।