थप कुन कुन ठाउँमा कति संक्रमित


भदौ १३, २०७७, शनिबार | विहान ११:३० बजे | 25


काठमाडौँ ।  काठमाडौँ उपत्यकामा १८६ जना संक्रमित थपिएका छन् । काठमाडौँका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।
थप ८ सय ८४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ ।
यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६र२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१र२१ जना, झापा र बाँकेका २०र२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९र १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९र९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३र३ जना, सप्तरी र कपिलवस्तुका २र२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज ३१३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २० हजार ५ सय ५५ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ७ जना पुगेको छ ।

Comments