प्रथम हिसान भक्तपुर टेबलटेनिस प्रतियोगिता -२०७९ सम्पन्न
पुष १६, २०७९, शनिबार | विहान ०५:२८ बजे | 75
हिसान भक्तपुरकाे आयाेजना र मध्यपुर थिमि, कमेरोटार स्थित सुप्रिम एकेडेमीकाे संयाेजनमा संचालित प्रथम हिसान भक्तपुर टेबलटेनिस प्रतियोगिता -२०७९ सम्पन्न भएको छ ।
यस प्रतियोगिताकाे छात्रा तर्फ माेडर्न स्कुल र कलेज, सृजना नगर, भक्तपुरका दिया देउला प्रथम, माेडर्न स्कुल र कलेज, सृजना नगर, भक्तपुरकै रविना श्रेष्ठ दाेस्राे र जनप्रेमी स्कुल/कलेज, काैशलटारका देविना पाैडेल तेस्रो भएका छन ।
छात्र तर्फ सुप्रिम एकेडेमी, कमेराेटारकाे रिजेन श्रेष्ठ प्रथम ,माेडर्न स्कुल र कलेज, सृजना नगर, भक्तपुरका राज कुवर दाेस्राे र माेडर्न स्कुल र कलेज, सृजना नगर, भक्तपुरकै विकेन डिस्ट तेस्राे भएका छन् ।
यस प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी छात्रा र छात्र तर्फ क्रमश जनप्रेमी स्कुल र कलेज, काैशलटारका देविना पाैडेल र स्वागत थापा हुन सफल भए ।
सुप्रिम एकेडेमीका प्रिन्सिपल तथा केन्द्रीय हिसानका सदस्य श्री विरेन्द्र जयनाकाे सभापतित्वमा संचालित यस कार्यक्रममा प्रतियोगिताकाे संयाेजन सुप्रिम एकेडेमीका इन्चार्ज श्री उदव कार्कीले गर्नुभएको जानकारी हिसान भक्तपुरका अध्यक्ष श्री अनिल कस्पालले दिनुभयाे ।