भक्तपुरमा थप १२ जना कोरोना संक्रमित
भदौ १३, २०७७, शनिबार | विहान १०:५६ बजे | 50
काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार थप १ सय ८६ जना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित बिफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार तीमध्ये काठमाडौंमा १ सय ५५जना, भक्तपुरमा १२ र ललितपुरमा १९ जना संक्रमित छन् ।
देशभर चौबिस घण्टामा ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।