बागमति भाइको नेवाः साधना कला केन्द्रले गरयो नेवाः सांँस्कृतिक वज्या र सम्मान कार्यक्रम
पुष १२, २०७९, मङ्गलबार | दिउँसो ०३:०१ बजे | 5
काठमाडौं । नेवाः साधना कला केन्द्रको आयोजनामा मंगलबार राजधानीमा भएको साँंस्कृतिक महोत्सवमा सहभागीहरु न्ेपाल भाषाको गीत (नेवारी गीत) मा रमाएका छन् । नेवाः साधना कला केन्द्रले गरेको नेवाः सांँस्कृतिक वज्या (महोत्सव) मा नेपाल भाषाको गीतसंगीतमा उनीहरु रमाएका हुन् ।
महोत्सवमा झण्डै तीन दर्जन गायकगायिकाहरुले गीत गाएका थिए । उनीहरुले एकल तथा जोडीमा गीत गाएका थिए । साथै धिमे, नृत्यलगायतमा पनि उनीहरु रमाएका थिए ।
नेवार समुदायको गीत संगीतलाई अगाडि वढाउन कार्यक्रम आयोजना गरिएको आयोजक केन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठ (बागमति भाइ) ले बताए । केन्द्रले यसका लागि समयसमयमा विभिन्न यस्ताखाले विभिन्न कार्यक्रमहरु गर्दै गरेको उनले जनाए ।
कार्यक्रममा सरस्वती मानन्धर, जुलुभाइ तुलाधर, कल्पना श्रेष्ठ, उतार मानन्धर, सिदार्थ श्रेष्ठ, सरिता शाही, आशिश श्रेष्ठ, सविना मानन्धर, यमन श्रेष्ठ, मैया महर्जन, ज्याक महर्जनलगायतले नेपाल भाषा (नेवारी) भाषाका विभिन्न गीतहरु गाएका थिए ।
कार्यक्रममा बरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको थियो । साहित्यकार श्रेष्ठले कार्यक्रममा गीत गाएका गायकगायिकाहरुलाई मायाको चिनो विचरण गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...