आऊ प्रियसीको अँगालोमा


2020-08-29 03:04:17

रामकृष्ण प्रजापति


प्रिय म आदर्शका कुरा गर्छु
तिमी समाजको वेदना बोल्छौ ।
प्रिय म सत्यको कुरा गर्छु
तिमी समाजको परिस्थिति बोल्छौ ।
प्रिय म इमान्दारीताको कुरा गर्छु
तिमी बेइमानहरुको झल्को दिछौ ।
प्रिय म असल कुरा गर्छु
तिमी खराब देख्छौ ।
प्रिय म संवाहक भन्छु
तिमी बाधक देख्छौ ।
प्रिय म परिवर्तनको कुरा गर्छु
तिमी यथास्थिति बोल्छौ ।
प्रिय म अग्रगमनको कुरा गर्छु
तिमी प्रतिगमनको अनुभव गर्छौ ।
प्रिय म सामूहिक हितको कुरा गर्छु
तिमी व्यक्तिवाद हावी भन्छौ ।
प्रिय म आफैंबाट सुरुवात गरौं भन्छु
तिमी अरुले गरेन भन्छौ ।
प्रिय म परिवर्तनमा निडर आवश्यक भन्छु
तिमी स्वभाविक परिवर्तनको आशा गर्छौ ।
प्रिय म क्रान्ति सम्भव देख्छु
तिमी प्रतिक्रान्तिको कुरा गर्छौ ।
प्रिय म प्रजातन्त्र भक्तपुर काण्डको परिणाम भन्छु
तिमी ०४६ सालको जनआन्दोलन देख्छौ ।
प्रिय म समाजवाद देख्छु
तिमी शोषण उत्पीडनको कुरा गछौै ।
प्रिय म समानता सम्भव देख्छु
तिमी असमानता देख्छौं ।
प्रिय म झिल्कोमा ज्वालामुखी देख्छु
तिमी परालको आगो सम्झछौ ।

त्यसैले प्रिय
आऊ प्रियसीको अँगालोमा
आफँैले आफैँलाई नकारात्मक पात्र नबनाई
सकारात्मक सोचका साथ
रुखासुखो खाई
परिवर्तनका संवाहक बनी
क्रान्तिका निडर भई
सत्यको निम्ति
इमान्दारपूर्वक
अग्रगामी कदममा साथ देऔं ।
धन्यवाद ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *