ख्वप कलेजमा ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’
पुष ७, २०७९, बिहीबार | दिउँसो ०२:३३ बजे | 0
भक्तपुर । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को विहीबार भक्तपुरमा प्रदर्शन गरिएको छ । प्रदीप खड्गीले निर्दशन गरेको यो चलचित्र भक्तपुरस्थित ख्व्प कलेजको कार्यक्रम हलमा देखाइएको हो ।
फोकस पिक्चर्सको ब्यानरमा निर्माण गरिएको यो चलचित्र कलेजमा व्यवस्थापन संकाय अन्तर्गत सामाजिक विषय लिई अध्ययनतर विद्यार्थीका लागि देखाइएको हो । सामाजिक विषय अध्ययन गर्ने विद्यार्थीको ज्ञानको दायरालाई फराकिलो बनाउन सहयोग गर्ने उद्देश्यका साथ चलचित्र देखाइएको कलेजले जनाएको छ । पढाईका साथसाथै विभिन्न अतिरिक्त क्रियाकलापबाट विद्यार्थीलाई थप ज्ञान दिन चलचित्र देखाइएको जनाएको छ ।
रहस्यको गर्बमा रहेको कीर्तिपुर आक्रमण घटनालाई चलचित्र बनाइएको थियो ।
साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर’ मा विगत ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वसगको समन्वयमा निर्माण गरिएको चलचित्र हो ।
तत्कालिन अवस्थाको पुरानै शैली यो चलचित्रमा प्रस्तुत गर्ने काम विदेशी अंग्रेजी चलचित्रमा आवद्ध भएर काम गर्दै आएका भीएफएक्स सुपरभाइजर सन्तोष केसीले गरेका थिए । चलचित्रको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरु छन् ।
चलचित्रमा वीरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले चलचित्रको छायाकन गरेका थिए ।
राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको छ ।