भक्तपुरमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु,


भदौ १२, २०७७, शुक्रबार | दिउँसो ०३:४५ बजे | 25


भक्तपुर । भक्तपुरमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । निमोनिया भएर उपचारका लागि भक्तपुर अस्पताल आएका एक विरामीको कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणबाट आज मृत्यु भएको हो ।
भक्तपुर नगरपालिका ३ मंगलाछेका एक ८२ वर्षीया पुरुषको मृत्यु भएको हो । ती पुरुषमा  कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले निमोनिया भएर हिजो दिउँसो उपचारका लागि ल्याएको पुरुषको उपचार कै क्रममा आज मृत्यु भएको जानकारी दिनुभयो । विरामीको हिजो नै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाएको र आज आएको रिपोर्टमा सङ्क्रमण पुष्टी भएको उहाँले जानकारी दिनुभयो ।

Comments