बुक क्लब भक्तपुरको पाँचौ पुस्तक अन्तर संवाद


पुष १, २०७९, शुक्रबार | दिउँसो ०२:३१ बजे | 25


बुक क्लब भक्तपुरको पाँचौ पुस्तक अन्तर संवाद

पुस्तक अध्ययन संस्कृतिलाई बढाउने उद्देश्यले हरेक महिनाको अन्तिम शुक्रबार संचालन भइरहेको पुस्तकसँग सम्बन्धित अन्तर संवाद पुष १ गते पहिलो शुक्रबार नै सम्पन्न भएको हो । कान्तिपुर दैनिकका स्तम्भकार तथा लेखक केशव दाहालले बुक क्लब भक्तपुरको पाँचौ शृङ्खलामा प्रमुख अतिथि तथा वक्ताको रूपमा उपस्थिति जनाउनुभएको हो । उक्त अन्तरसंवाद कार्यक्रममा उहाँले पुस्तक लेखनमा पुुस्तक अध्ययन र राजनीतिक विचार प्रमुख रहेको बनाउँदै लेखन यात्रामा पूर्वीय दर्शनकाे साहित्यका रामायण, कृष्ण चरित्र, विद्यालयका साप्ताहिक कार्यक्रम र उच्च शिक्षा क्रममा भएकोे प्रेमपत्र र राजनीति क्रान्तिको विषयमा आफ्नो अस्तित्व जगाउने विचारपरक पुस्तक लेखनको अनुभव सुनाउनुभयो । उहाँले प्रगतिशील साहित्यको रूपमा रसियन साहित्यको अध्ययन विद्यालयस्तरमै गरेको बताउँदै नेपाली साहित्यका मोदनाथ प्रश्रितका साहित्यले प्रभावित भएको बताउनुभयो । उहाँले आफ्ना लेखिएका पुस्तककाे स्रोतका रूपमा दार्जिलिङमा भएको गोर्खाली आन्दोलनलाई लिनुभएको छ । उक्त अन्तर संवाद कार्यक्रम पश्चात् बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले लेखक केशव दाहाललाई जेलका चिठ्ठीहर, १०० बर्ष पछिको भक्तपुर , स्टालिनसंगै र गुप्त दस्तावेजहरू उपहारको रूपमा प्रदान गरेका थिए

Comments