कोरोना भाइरस
डा इन्दुल केसी
सम्पुर्ण विश्वमा आज डर, भय र त्रास छ ।
कोरोना भाइसर व्यापक रुपमा फैलिरहेको छ ।।
अमेरिका र चीनकावीच कुटनीतिक रसाकसी चलिरहेका छ ।
एक आपसमा दोषारोपनको जुहारी चलिरहेछ ।।
यत्रतत्र लकडाउन, क्वारेन्टाइन, कितनाषक छरिंदैछ ।
नाक, मुख छोप्न मास लगाउने र मिचिमिचि हात धोइरहेछ ।।
संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या बृद्धि भइरहेछ ।
महामारीको ठुलो आँंधीवेरी संसारमा चलिरहेको छ ।।
समस्या समाधान गर्न करोडौ रुपैयाँं नदी बाँडीरहेको छ ।
मौकामा चौका हान्ने छटुहरुको ढुकुटी धमाधम भरिंदैछ ।।
सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु माइक फुक्दै घुमिरहेका छन ।
व्यापार, व्यवसाय, उद्योग, नोकरी सवै खल्वलिमा छन ।।
स्वतन्त्र नेपालमा थरीथरीका भाइरसले पवेश गरिरहेका छन ।
उतरबाट मःमः चा भाइरस धमाधम सहयोगको कोसेली आइरहेको छ ।।
दक्षिणबाट मसलादार मोदी समोसा भाइरसको आक्रमण भइरहेको छ ।
दुई ढुंगावीच नेपालको तरुल र आफनै मौलिक खाना विलाउँंदैछ ।।
अव असमान सन्धी सम्झौताहरु खारेज गर्ने बेला आएको छ ।
पुर्वमा टिस्ता र पश्चिममा काँंगडा किल्लासम्म सिमाना हुन्छ ।।
गेटर नेपाल पुनस्थापित गर्ने शुभ समय आउँंदैछ ।
नेपाल र नेपालीको छाती आकाश जस्तो फराकिलो पार्नुछ ।
सम्पुर्ण विश्वमा आज डर, त्रास र भय छ ।।