कोरोनाबाट थिमीमा एक महिलाको मृत्यु
भदौ १२, २०७७, शुक्रबार | विहान ०४:३४ बजे | 20
भक्तपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका वडा नं ३ गट्ठाघरकी ६४ वर्षिया संक्रमित महिलाको मृत्यु भएको छ ।
महिलाको गट्ठाघरस्थित नागरिक अस्पतालमा हिजो मृत्यु भए ती महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो ।
अस्पतालका निर्देशक श्रेष्ठले भन्नुभयो, “विरामी अस्पताल आइपुगेर उपचार सुरु गर्दा नै मृत्यु भइसकेको थियो । हाम्रा डाक्टरले परिवारसंग बुझ्दा पाँचदिनदेखि ज्वरो आएको, वान्ता भएको, उच्च रक्तचापको औषधि सेवन गरिरहेको जनाएको छ । साथै घर मै बेहोस भएपछि अस्पताल ल्याएको जानकारी गराए ।
उच्च रक्तचापको विरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको बताए । आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यबस्थापन गर्ने जानकारी दिए । आजै मृतक परिवारको कन्ट्याक टेसिङ्ग गरी स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने उनले जानकारी दिनुभयो ।
अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचाप लगायतको समस्याका कारण उपचारका लागि नागरिक अस्पताल ल्याएको महिलाको अस्पताल ल्याउदा मृत्यु भइसकेको बताए ।
भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार ती महिलाको हिजो अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको बताए । मृत्यु पछि स्वाव संकलन गरी परीक्षण गर्दा आज बिहान कोरोना संक्रमण पुष्टि भएको मिजारले बताए ।
मध्यपुर नगरमा यो कोरोनाबाट मृत्यु भएकी पहिलो भएको उनले जनाकारी गराए ।
भक्तपुरमा कोरोनाबाट ३ जना सुर्यविनायक नगरपालिकाका थिए । भक्तपुरमा यो सँगै मृतकको संख्या ४ पुगेको छ ।
अहिलेसम्म भक्तपृुरमा ३७५ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छभने मध्यपुरथिमि नगरपालिकमा समुदायस्तर मै भाइरस फैलिएको पाईएको छ । अहिलेसम्म सबभन्दा बढी मध्यपुरथिमि नगरपालिकामा १५६, भक्तपुर नगरपालिकामा ६२ जना, सूर्यविनायक नगरपालिकामा ९४ जना र चाँगुनारायण नगरपालिकामा भने स्थानीय १९ जना र शसस्त्र प्रहरी गण दुवाकोटका २० शसस्त्र प्रहरी सहित ३९ मा सङ्क्रमित रहेका छन् ।