पुष्प पराग साहित्य प्रतिष्ठानकाे ७४अाैं कवितावाचन श्रृङ्खला सम्पन्न


मंसिर २४, २०७९, शनिबार | दिउँसो ०२:२२ बजे | 15


पुष्प पराग साहित्य प्रतिष्ठानकाे ७४अाैं कवितावाचन श्रृङ्खला सम्पन्न

प्रति महिना अन्तिम शनिवार दिनकाे ठीक १: बजे सुरु हुने कवितावाचन कार्यक्रम लाेकन्थलीकाे ॐज्ञान मन्दिर स्कुल परिसरमा अाज मङ्िसर २४ गते प्रतिष्ठानका अध्यक्ष डा० प्रदीपकुमार मैनालीज्यूकाे सभापतित्वमा,साहित्यकार डा० इन्दुल केसीकाे विशेष अातिथ्य र चाँगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेल,साहित्यकार विष्णु अाेली र पूर्व अध्यक्ष डा० यज्ञेश्वर निराैलाज्यूहरूकाे अातिथ्यमा विभिन्न स्रष्टा एवम् सर्जकहरूद्वारा अाअाफ्ना रचनाहरू वाचन भएका थिए।कार्यक्रमकाे संचालन प्रतिष्ठानका सदस्य कवि पदम दाहालले गर्नुभएकाे थियाे। अाअाफ्ना रचना वाचन गर्नुहुनेहरूमा डा०प्रदीप मैनाली,जुनू घिमिरे,प्रजापति तिमिल्सिना,सुन्दरबहादुर खड्का,विष्णु अाेली,दीनानाथ पाेख्रेल,लालबहादुर भुजेल,राजेन्द्रकुमार बज्राचार्य,रविना नराल,भुवनराज शिवाकाेटी 'चाैघरे', साधुराम गिरी,डा०इन्दुल केसी,सुशीला शर्मा,टि० एन०भट्ट 'विश्वामित्र',जीतेन्द्र रसिक र पदम दाहाल हुनुहुन्थ्याे।अन्य उपस्थित साहित्यकार तथा साहित्यानुरागीहरूमा चूडाप्रसाद चाैलागाईँ,उमेश खड्का,भागिरथी केसी,राममणि ढुङ्गेल र देवी उप्रेती अाेली हुनुहुन्थ्याे। उपर्युक्त वाचित रचनाहरूकाे समीक्षात्मक टिप्पणी प्रतिष्ठानका संस्थापक पूर्व अध्यक्ष तथा समालाेचक डा० यज्ञेश्वर निराैलाले गर्नुभएकाे थियाे।कार्यक्रम समापन डा० प्रदीप मैनालीबाट भयाे।उक्त अवसरमा सहित्यकारहरू डा० इन्दुल केसी,विष्णु अाेली र पदम दाहालहरूले अाअाफ्ना कृतिहरू पुष्प पराग साहित्य प्रतिष्ठानलाई उपहारस्वरूप प्रदान गर्नुभएकाे थियाे।

Comments