भक्तपुर । आज भाद्र ११ गते बिहिवार स्वास्थ्य मन्त्रालयबाट भक्तपुरमा ४१ जना संक्रमित भनिएता पनि ३३ जना मात्र भक्तपुरको भएको छ । ३३ जनामध्ये मध्यपुर थिमिमा २३ जना संक्रमित (वडा नं. ३, ५, ६, ७, ८, का गरी १० जना पुरूष र १३ जना महिला), सुर्यबिनायक नगरपालिका १ जना र भक्तपुर नगरपालिकामा ९ जना (४ जना पुरूष र ५ जना महिला) रहेको छ । बाँंकी अन्य जसमा ८ जनामा दुई जना पुनःटेष्टबाट कोरोना देखिएका, दुई जना भक्तपुर ठेगाना भई काठमाडौ बस्ने र दुई जना भक्तपुर घर भई ललितपुरमा बस्ने रहेका छन । अन्य २ जनामा एक जना काभे र अर्काे ललितपुरको भक्तपुरमा पर्न आएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments