भक्तपुरमा थप २४ जना कोरोना संक्रमित
भदौ १०, २०७७, बुधबार | विहान ११:०४ बजे | 25
काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय १ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएका हुन।
पछिल्लो २४ घन्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिले सम्म भक्तपुरमा ३२४ संक्रमित पुगेका छन् ।
आज थपिएका सँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौमतले बताए ।