मेराे भाेट
कार्तिक २८, २०७९, सोमबार | दिउँसो १२:०२ बजे | 20
मेराे भाेट गरिवकाे
चाेटकाे छापमा
कसैले पैसामा
किन्ने प्रयास
काेसिस नगरे हुन्छ ,
सामान्तलाई मेराे
भाेटकाे किन चासाे
म जत्ता हाल्छु
मेराे साेचकाे
शक्तिमा हाल्छु
पानी मल निशुल्क शिक्षा
ल्याउन अावाज राख्नेकाे
मेराे पक्षमा मेराे भाेट
नाेटले मसित
कुरै नगर
३३ वर्षसम्म कहाँ थियाै
अाज किन
जन्मथलाे याद अायाे
फेरि उहीँ
लपन छपन गर्न
मत किनेर
हामी सितकाे
रगत निचाेर्न अाएकाे
तिम्रो छदम भेष
हामी गाउँले ले
पैचाहन लिई सक्याै
अब मेराे भाेट
कराेडाै दिए नि
पैसा र एक छाक
खानामा दिनाै
कस्ताे छेपाराे
चुनाव अायाे कि
रंग बदल्न सक्ने
तिमीहरू त भारतियहरूकाे
दलाल पाे रहेछ
भारतिय नै त
नागरिकता हाे
रहेछ
नत्र देश तिमीहरूले
किन बेचियाै
मेराे प्रस्नकाे जवाफ देऊ
हिजाे किन
एमसिसी पास गरियाै ?
अजै एसपिपी पास गर्नलाई
तिमीले भाेट मागेकाे हाे?
दिन म त
तिमी लाेखर्केलाई
मेराे भाेट
तिमी देशघातीहरूलाई
अबकाे पालाे
देश भक्तलाई दिन्छु
देशभक्तले राम्रै
संसदमा विचार पाेख्याे
याे देशमा देशभक्तलाई
दिने विचार मेेराे भाेट ।
व्यासी, भक्तपुर
