एक लघु कथा ( अनुवाद : आफ्नै शब्द ) लेखक : खलील जिब्रानं
कार्तिक २४, २०७९, बिहीबार | विहान ०१:५१ बजे | 35
कुनै राजमहलमा राति एउटा भोजको आयोजना भएको रहेछ । सोही बेला एउटा मान्छे अकस्मात त्यहाँ आइ पुगेर राजाको अगाडी सुतेर राजा लाई दण्डवत गर्दा राजा लगायत त्यहाँ भोजमा उपस्थित सबैले देखे। त्यो न चिनिएको मान्छेको एउटा आँखा बाहिर निस्किएको थियो र रगत बगिरहेको थियो। राजाले त्यो मान्छेलाई सोधे : " तिम्रो येस्तो हाल कसरी भयो ? " मान्छे : " सरकार ! म पेशाले एउटा चोर हुँ। आज अँधेरी रात भएका कारणले धनीलाई लूटन पसलहरु खोज्दै हिंड्ने क्रममा थाहा न पाउँदा म बाट गल्ती भएर एउटा जुलाहाको दुकानमा पो छिरेछु । अँध्यारो भएका कारणले त्यहाँ छिर्ना म जुलाहको काँधमा ठोक्किन पुगेछु र मेरो एउटा आँखामा त्यही बेला जोडले चोट लाग्यो र यो मेरो आँखा बाहिर निस्कियो । महाराज ! अब त्यो जुलाह बाट मलाई न्याय दिलाइ पाउँ। " राजाले चोरको कुरा सुनेपछि त्यो जुलाहलाई तुरुन्त बोलाएर ल्याउन आदेश दिए । त्यो जुलाहा पनि त्यहाँ आयो र राजाले आफ्नो कुरा राख्दै त्यो जुलाहको पनि एउटा आँखा निकाल्ने निर्णय गरे। जुलाहले राजा लाई बिन्ती गर्दै भन्यो : " हे ! राजन हजुरको उचित निर्णय हो । मेरो एउटा आँखा निकालि दिनुस्। तर म हजुरलाई बडो दु:खसाथ यो बिन्ती गर्छु कि मलाई कपड़ा बुन्दा मेरो एउटा आँखा मात्र हुँदा काम गर्न एकदम गार्हो पर्छ । कपड़ा बुन्दा खेरी मेरो दुई आँखा भए काम गर्न सजिलो हुन्थ्यो । कपडा बुन्दा दुईटाको जरुरी पर्छ। बरु म हजुर लाई पुनः बिन्ती गर्दै एउटा कुरा भन्छु । मेरो छिमेकी एउटा मोची छ । त्यस्को दुईटा आँखा छ। त्यस्को पेशाको काममा दुईटा आँखाको आवश्यकता पर्दैन।" जुलाहाको कुरा सुनेर राजाको चित्त बुझ्यो । राजाले मोची लाई बोलाए । त्यहाँ मोची पनि आयो । राजाको आदेशको पालना भयो र त्यो मोचीको एउटा आँखा निकाल्न लगाइयो। न्याय सम्पन्न भयो। ** ------------------- नोट: हिजोआज हाम्रो देश नेपालको न्याय ब्यवस्था सङ यो कथा शायद मिल्छ होला कि ??