सकियो मध्यपुर थिमिमा विविध नेपालभाषा साहित्य सम्मेलन
कार्तिक ८, २०७९, मङ्गलबार | दिउँसो ०३:५९ बजे | 30
मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमिमा एकदिने विविध नेपाल भाषा साहित्य सम्मेलन भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं ५ ताहाननीमा मंगलबार एकदिने साहित्य सम्मेलन भएको हो ।
सम्मेलनको पहिलो सत्रमा विहानै साँंस्कृतिक याली भएको थियो । यालीले नगरकाको विभिन्न भागको परिक्रमा गरेको थियो ।
दोश्रो चरणमा सांगितिक प्रस्तुती भएका थिए । नयाँं तथा पुराना साहित्यकारहरुले आआफनो साहित्य वाचन गरेका थिए । साथै विभिन्न क्षेत्रका विज्ञ राजनीतिज्ञ, प्राध्यापक, पत्रकार, कानुनविद्, जलश्रोतविद्, संविधानविद्, समाजसेवीलगायतका आआफना क्षेत्रकाबारेमा पनि अनुभब सुनाएका थिए ।
कार्यक्रमको तेश्रो चरणमा साँंस्कृतिक कार्यक्रम भएको हो । साँंस्कृतिक कार्यक्रम राति अवेरसम्म चल्ने २४ औ विविध भाषा साहित्य सम्मेलन आयोजक समितिका अध्यक्ष कर्णबहादुर प्रजापतिले बताए ।