महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा जेँलामा साहित्य गोष्ठी


कार्तिक ७, २०७९, सोमबार | विहान ०८:१० बजे | 30


महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा जेँलामा साहित्य गोष्ठी

भक्तपुर । साइनिङ ग्रुप, भक्तपुरको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्म जयन्तीको अवसरमा सोमबार साँस्कृतिक तथा साहित्य गोष्ठी कार्यक्रम सम्पन्न भयो ।
सो अवसरमा प्रमुख अतिथि एवं साहित्यकार हरिसुन्दर पोतामाहाँले महाकवि देवकोटाको जीवन चरित्र चर्चा गर्दै देश र समाजको लागि अतुलनीय योगदान गर्ने व्यक्तित्वको युगौं युग चर्चा भइरहने बताउनुभयो । कार्यक्रममा अर्का अतिथि रमण बोहजूले बुद्ध पछिको नेपाली महामानव देवकोटा रहेको चर्चा गर्नुभयो । व्यक्ति पुजा भन्दा पनि व्यक्तिले देश र समाजप्रति गरेको योगदानको कदर गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका उज्वल ह्योंगोजूले समाजमा विद्यमान विकृति, विसंगति विरुद्ध देवकोटाले जस्तै कलम चलाउन अनुरोध गर्नुभयो । 
समितिका अध्यक्ष पुजा सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा आ आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । अभय गाईजू, जेनिशा गाईजू, सबिता गाईजू, जयसिस बेकोजू, अस्मिन बेकोजू, रिया लवजू, रेश्ना बेकोजू, कृषा गाईजू, परि सुवाल, रोश्नी बनमाला, करिज्मा फेलू, सुमिना भैनात्वलगायतले साहित्य वाचन गरेका थिए ।

Comments