भक्तपुरका थप १४ जना कोरोना संक्रमित
भदौ ८, २०७७, सोमबार | विहान ११:०३ बजे | 10
काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै दुई सय २४ संक्रमित थपिएका छन्। जसमध्ये भक्तपुरका १४ जना, काठमाडौंका एक सय ७७ र ललिपुरका ३३ रहेका छन् ।
पछिल्लो २४ घन्टामा देशभर सात सय ४३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित कोरोना अपडेटमा १० हजार दूई सय ३४ जनाको पिसिआर परीक्षण गरिएकोमा ७ सय ४३ संक्रमित थपिएको बताए ।
आज थपिएका सँगै कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।