गुरु


असार २९, २०७९, बुधबार | विहान ०४:४५ बजे | 35


गुरु

डा सीता सुवेदी
गुरु हुन् जगका स्रष्टा द्रष्टा सार विवेकका
गुरुमा दिव्य छन् दृष्टि सोच छन् समभावका ।१।
    बालेर ज्ञानको ज्योति चम्काई शिष्य जीवन
    कर्तव्य पथमा लम्की गर्दछन् नव चिन्तन ।२।

बलेर मैनभैmँ आपूm उज्यालो जग पार्दछन्
लगी सुमार्गमा शिष्य उमङ्गले सपार्दछन् ।३।
    गर्वले फुल्छ त्यो छाती सद्ज्ञान बाँड्न पाउँदा
       समृद्ध मार्गमा शिष्य गुरुत्वले रमाउँदा ।४।

हुँदैन स्वार्थको भोक नदीभैmँ बग्दछन् सदा
माझी हुन् तार्दछन् डुङ्गा उस्तै छन् कर्म सर्वदा ।५।
    डो¥याई शिष्यका हात भर्दछन् ज्ञान निर्मल
    कालो बादल त्यो हट्छ बन्छन् जीवन सार्थक ।६।

गुरुकै प्रेरणा पाई शिष्य ती विश्व घुम्दछन्
गुरु हुन् कर्मका सार ज्ञानसागर चुम्दछन् ।७।
    छरी सद्ज्ञानको बीज आदर्श त्यो उमार्दछन्
    बनेर न्यायका मूर्ति संस्कारले सिँगार्दछन् ।८।

छन् भने देवता भन्नु जगमा गुरु एक छन्
सम्मानमा सदा माथ गुरुकै निम्ति झुक्दछन् ।९।

Comments