हार्दिक श्रद्धाञ्जली
असार २६, २०७९, आइतबार | दिउँसो ०२:२१ बजे | 25
सुनील सापकोटा
तेरे बिना जÞिन्दगी से कोई, शिकवा तो नहीं
तेरे बिना जÞिन्दगी भी लेकिन, जÞिन्दगी तो नहीं...
हिजो हिन्दी फिल्मका एउटा सशक्त हस्ती संजीव कुमारको जन्म दिन रहेछ भन्ने कुरा मिडिया बाट थाहा पाएर केही उनको बरेमा लेख्न मन लागेर लेखेको हुँ। उनको जन्म सन् ९ जुलाई १९३८ र मृत्युु सन् ६ नवम्बर १९८५ मा ४७ बर्षको उमेरमा हृदय घात भइ मृत्यु भएको थियो । उनी जिवनभर नै अविवाहित नै रहे । एकपटक उनले हिन्दी सिनेमाको सुन्दर हिरोईन सप्न सुन्दरी हेमामालिनी लाई बिवाहाको लागि प्रस्ताव गरेका रहेछन् । तर के कारण हो , उनी सङ बिवाहा हुन सकेन।
मलाइ सानै उमेर देखि हिन्दी सिनेमा हेर्ने लत लागेको थियो । मेरो बुवा – आमा पनि सिनेमाको शौकिन हुनुहुन्थ्यो र मलाई सानै उमेर देखि आफू सङ सिनेमा हेर्न लग्नु हुन्थ्यो। यो मेरो लत अझैसम्म पनि विद्यमान छ । पछी क्याम्पस जीवन र बैंक जागिरे जीवनमा पनि धेरै हिन्दी फिल्महरु हेरियो। बिराटनगरमा पहिले अहिले जस्तो मनोरञ्जनको कुनै साधनहरु नै थिएन
। मनोरञ्जनको मुख्य साधन हिन्दी फिल्म नै थियो। मैले हिन्दी फिल्महरु धेरै नै हेरेकोछु। मलाई फिल्म हेर्न प्रायः साथ दिने
मेरो बालसखा उद्धव मानन्धर हुन । अहिले पनि म बिराटनगरमा हुँदा प्रायःजसो उनी संगै फिल्म हेर्छु ।
संजीव कुमार हिन्दी सिनेमाको जिवन्त कलाकारिता देखाउन सक्ने एउटा उत्कृष्ट अभिनेता थिए। उनको अभिनय हेर्दा मलाई कहिलेपनि लागेन कि उनी “ एक्टिङ “ गरिरहेका छन। उनी जुनसुकै किसिमको भूमिका पनि अभिनय गर्न सक्थे । उनले अभिनय गरेका सशक्त हिन्दी फिल्महरु मध्ये मलाई “ नया दिन नई रात “ भन्ने फिल्म गजबको लाग्यो। त्यो फिल्ममा उनले नौ रसहरुमा आधारित आफ्नो कुसल अभिनय देखाएका थिए। त्यसो त अंकुर , कोशिश , दस्तक , आँधी , आदि लगायत धेरै फिल्महरुमा विभिन्न किसिमका भूमिकाहरुमा आफ्नो कलाकारिकताको छाप छोडेको पाइन्छ । प्रसिद्ध फिल्म निर्माता – निर्देशक र कथाकार गुलजारले आफ्नो प्रायः जसो फिल्ममा उनलाई नै अभिनय गर्ने मौका दिएको देखिन्छ । उनको बारेमा लेख्ने हो भने धेरै लेख्न सकिन्छ । तर धेरै के लेखुँ । लामो हुन्छ । त्यसैले उनको जन्मदिनको अवसरमा उनलाई सम्झिदै उनी प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।