मल्लकालीन संस्कृति र चाँंडपर्व नामक पुस्तक सार्वजनिक हुने
असार २५, २०७९, शनिबार | विहान ०८:१० बजे | 35
भक्तपुर । डा वीरेन्द्रप्रसाद कायष्ठद्धारा लिखित मल्लकालीन संस्कृति र चाँंडपर्व नामक पुस्तक विमोचन हुने भएको छ । पुस्तकको विमोचन साउन ७ गते शनिबार साढे ११ बजे ख्वप इन्जिनियरिङ कलेज लिवालि भक्तपुरमा हुनेछ । पुस्तकको विमोचन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंबाट गराउने कार्यक्रम तय गरिएको छ ।
पुस्तकको प्रकाशक लेखक आफै नै रहेको छ । पुस्तक दुई सय २४ पृष्ठको रहेको जनाइएको छ । पुस्तकको मूल्य ६ सय ५० राखिएको छ । विमोचन कार्यक्रममा सहभागी हुन विमोचन कार्यक्रम आयोजक समितिले सवैसँंग अनुरोध गरेको छ ।