यो कस्तो नियत ?


असार २२, २०७९, बुधबार | विहान ११:४४ बजे | 85


यो कस्तो नियत ?

कतै अन्तर्घात त होइनन
संघर्षको लडाइँमा लड्दै गर्दा
यो कस्तो नियत ?

प्रतिभा वा क्षमता बरू त्यसै मर्न दिन्छ
सर्वहारा, सर्वहारा नै बनाएर
यो कस्तो नियत ?

परिवर्तनका लागि आवाज कहिल्यै थाक्दैन
तर पीडित, जहिल्यै पीडित किन
यो कस्तो नियत ?

संघर्षको लडाइँमा जसलाई छैन आत्मविश्वास
आज उसको नै जित
यो कस्तो नियत ?

सकारात्मक सोच राख्दा राख्दै
आज फेरि विगतकै नियति दोहोरिएको छ
यो कस्तो नियत ?

Comments