डाक्टर धर्मराजको ५० भाषाको एउटै गीतले गरे विश्व रेकर्ड
असार १, २०७९, बुधबार | विहान ०९:१२ बजे | 0
काठमाडौं । कीर्तिमानी गीतकार डा डीआर उपाध्यायको विभिन्न ५० देशको भाषा रहेको आधुनिक गीति एल्बम ‘मन मोहिनी’ सार्वजनिक भएको छ । सो गीतले गिनिज वल्ड रेकर्ड कामय गरेको छ । ५० भाषाको समेटिएको गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्यवमार्फत सार्वजनिक भएको हो ।
गायक तथा संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा उनैको स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिमिल्सिनाको स्वर रहेको छ ।
गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हिब्रु, पोर्तुगाली, बंगाली, संस्कृति, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ ।
गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा उपाध्यायको यसअघि १२ भाषामा रहेको गीति एल्बम सार्वजनिक भएको थियो । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित १०८ विश्व रकेर्ड कायम गरिसकेका छन् ।