सिर्जनामा इनरुवा नामक साहित्यिक संस्थाकाे भव्य कार्यक्रम सम्पन्न


जेठ ३०, २०७९, सोमबार | विहान ०२:३३ बजे | 55


सिर्जनामा इनरुवा नामक साहित्यिक संस्थाकाे भव्य कार्यक्रम सम्पन्न

सिर्जनामा इनरुवा नामक साहित्यिक संस्थाले २०७९ जेठ २८ गते इनरुवास्थित द मार्टर स्कुलकाे सभाकक्षमा भव्य कार्यक्रम सम्पन्न गरेको छ। "छन्द कविता मञ्च" काठमाडौं साहित्यिक संस्थाका संयोजक वरिष्ठ साहित्यकार जीवनाथ अधिकारीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कवि, गजलकार, समालोचक तथा साहित्यकार विमला पोख्रेललाई छन्द कविता मञ्चका तर्फबाट संयोजक जीवनाथज्यूले सम्मानपत्र अर्पण गरी सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रम सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे सञ्चालन रमेन्द्र काेइरालाले गर्नुभएकाे थियाे । कार्यक्रममा विशिष्ट अतिथिहरू :देवी अधिकारी (काठमाडौँ), द मार्टर बोडिङ्ग स्कुल फाउन्डर दीपक कार्की, प्रलेस सुनसरी अध्यक्ष टीकामिलन, अतिथिहरू : साहित्यकार तथा महाकाव्यकार डमरूबल्लभ भण्डारी, साहित्यकार सागर तिमिल्सिना, गीति खण्डकाव्यकार निरज कोइराला रहनुभएकाे थियाे । उक्त कार्यक्रममा कवि किशोर कोइराला, पत्रकार राजन निरौला, टीका सिवाकोटी, यशोदा आचार्य, कान्ता भट्टराई साथै इनरुवा नपाका पूर्व उपमेयर एवम् कवि जमुना गौतम पोख्रेलको उपस्थिति रहेकाे थियाे। कार्यक्रममा प्रमुख अतिथिलगायत अन्य उपस्थित कविहरूले कविता वाचन गर्नुभएकाे थियाे ।

Comments